धनुषा, २२ वैशाख। मिथिला नगरपालिका ११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, बीरगंज महानगरपालिका ३२ बस्ने ३५ वर्षीय फिरोज अलीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
शारीरिक रुपमा अशक्त महिलालाई उपचार गर्छु भनि ललाईफकाई शनिबार साँझ फिरोजले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
अलीलाई ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



लाेकपाटी न्यूज
