काठमाडौं, २२ वैशाख। धनगढीका पत्रकार जनक विष्टमाथि कुटपिट भएको छ। दिनेश एफएम र दिनेश खबरमा कार्यरत पत्रकार जनक विष्टलाई स्थानीय व्यापारीले आक्रमण गरेका हुन् ।
समाचार संकलनका लागि गएका बेला व्यापारी तेजेन्द्र थापाले पत्रकार विष्टलाई आक्रमण गरेर घाइते बनाएका छन्। त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्ने क्रममा थापाले पत्रकार विष्टलाई आक्रमण गरेको सँगै रहेका पत्रकार कैलाश जोशीले बताए।
विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले एकाएक आक्रमण गरेको उनको भनाइ छ। थापा त्रिनगर माध्यमिक विद्यालयको सटरमा व्यापार गरिरहेका छन् ।



लाेकपाटी न्यूज

