बैंकक, २१ वैशाख। थाइल्यान्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्रान्ड प्यालेसमा जलसेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन्।
थाइल्यान्डमा राज्याभिषेकलाई राज्य सन्चालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाका रुपमा लिइन्छ। पवित्र जल राजाको शीरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा रहेको छ।
स्थानीय समयानुसार शनिबार बिहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। दिउँसो १ बजेसम्म समारोह चलेको थियो। राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वजिरालंगकर्ण रानी सुथिडासहित उपस्थित भएका थिए।
थाइ नरेश वजिरालंगकर्णले केही दिनअगाडिमात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन्। ६६ वर्षीय नरेशले ४० वर्षीया महिलासँग तेस्रो बिहे गरेर उनको नाम रानी सुथिडा राखिएको छ।
अहिले बिहे गरेकी महिला राजा वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गरेकी थिइन्।
सुथिडाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गरेकी छन्। (सिन्ह्वा)
พระปฐมบรมราชโองการ พระบาทสมเด็จพระปรเมนทรรามาธิบดีศรีสินทรมหาวชิราลงกรณ พระวชิรเกล้าเจ้าอยู่หัว pic.twitter.com/dNOZrs6k38
— เรารักพระราชวงศ์ (@ThaiRoyalFamily) May 4, 2019



लाेकपाटी न्यूज

