मुम्बई, २१ वैशाख। बलिउड नाइका कृति सेनन आफ्नो फिल्मको छायांकनबाट ब्रेक लिएर गोवामा रमाइरहेकी छिन।
पछिल्लो समयकी यी हिट बलिउड नायिकाले आफ्नो इन्स्टाग्राममा स्वीमिङ पुलका तस्वीरहरु शेयर गरेकी छिन्।
गोवामा उनी आफ्ना साथीहरु पुगेकी थिइन्। उनले आफ्नो इन्स्टाग्राममा एक ‘स्लो मोसन’ भिडियो पनि सार्वजनिक गरिन्, जुन भिडियो भाइरल नै बनेको छ। फ्यानले निकै रुचाइरहेका छन्।
कामको कुरा गर्ने हो भने यी नायिका पछिल्लो समय ‘लुकाछिपी’मा देखिएकी थिइन्। उक्त फिल्मले उनले कार्तिक आर्यनसँग जोडी बाँधेकी थिइन् । अब उनी ‘पानीपत’, ‘हाउसफूल ४’ र ‘अर्जुन पटियाला’ मा देखिनेछिन्। दिल्लीमा बस्ने कृति सेनन सन् १९९० मा जन्मेकी थिइन्। फिल्ममा आउनुभन्दा पहिले उनी इलेक्ट्रोनिक र टेलिकम्युनिकेशनमा बीटेक गरेकी छिन्।
उनले पहिले तेलूगु फिल्मबाट डेब्यु गरेकी थिइन्। अहिले भने उनी बलिउडमा पनि उत्तिकै जमेकी छिन्। उनको पहिलो बलिउड डेब्यु फिल्म ‘हिरोपन्ती’हो। सामाजिक सञ्जालमा पनि कृति चर्चामा रहिरहने गर्छिन्।



लाेकपाटी न्यूज

