नयाँ शक्ति र फोरमबीच एकता सहमति पत्रमा हस्ताक्षर (विज्ञप्तीसहित)

Baburam
लाेकपाटी न्यूज

काठमाडौं, २१ वैशाख। नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ। डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको हो।

नयाँशक्तिको केन्द्रीय कार्यालयमा भएको लामो वार्तापछि दुबै पार्टीका प्रमुखले भर्खरै एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’राखिने भएको छ।

यसै हप्तादेखि दुबै पार्टीबीच एकताका लागि वार्ता भएको थियो। १९ बैशाखमा वार्तामा राष्ट्रिय जनता पार्टी (राजपा) पनि मिसिएको थियो। तर, नेतृत्व र कतिपय सांगठनिक विषयमा कुरा नमिल्दा एकता हुने कुरामा आशंका जन्मिएको थियो।