(एजेन्सी)। भारतमा शक्तिशाली समुद्री आँधी आएको छ। बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ।
पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति र्पुयाएको छ। उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ। तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १ सय ६० मानिस घाइते भएका छन्। प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ।
भारी वर्षासहित आएको हावाहुरीले ठूल्ठूला रुख ढाल्नुका साथै पक्की पर्खालसमेत ढालेको छ। त्यसैगरी, ठूलो संख्यामा बिजुलीका पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरु पनि ढलेका छन्। फानी उडिसाको पुरीछेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो ।
यसको प्रभावले दर्जनौं गाउँ डुबेका छन्। मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ। भारतको मौसम पूर्वानुमान विभागले पानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगलादेशतर्फ लागेको जनाएको छ।
#WATCH: Visuals from Biju Patnaik International Airport in Bhubaneswar after #FaniCyclone made a landfall in Puri earlier in the day. Restoration process underway. pic.twitter.com/zB9FShmLzn
— ANI (@ANI) May 3, 2019



लाेकपाटी न्यूज

