काठमाडौं, २० वैशाख। सरकारले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने घोषणा गरेको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने घोषणा गरेकी हुन्।
सरकारले पेश गरेको महत्वाकांक्षी नीति तथा कार्यक्रममा आगामी वर्षभित्र आयोजना सम्पन्न गरिने उल्लेख गरिएको छ। मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसी यसै वर्ष काम छोडेर भागेपछि आयोजना अन्यौलमा परेको छ।



लाेकपाटी न्यूज

