फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

2
लाेकपाटी न्यूज

काठमाडौं, २० वैशाख। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमकाअनुसार बिहीबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको छ। पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १\१ रुपैयाँ मूल्य बढेको छ। काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्यरुपमा बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताए।
अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इन्डियन आयल कर्पोरेसनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्