हवाई कारबाहीमा परी चार तालिबानी मारिए

hawaekarbahi
लाेकपाटी न्यूज

टिरिन कोट, १९ वैशाख। अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अन्य तीन जना घाईते भएका छन्।

अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि कारबाही भएको हो। सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको जनाईएको छ।

अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिएको छ। जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर बसेको स्थानलाई लक्षीत गरी यस लडाकू विमानले गत १२ घण्टायता हबाई कारबाही जारी राखेको थियो।हवाई कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियारहरु पनि ध्वस्त भएको छ।

आक्रमणको क्रममा सरकारी फौज र सर्वसाधारणतर्फ भने कुनै क्षति नभएको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ। उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन्। (सिन्ह्वा)