३५ वर्षभित्र सिङ्गल मदर बन्छु : सावित्री सुवेदी (भिडियोसहित)

Sabitri subedi
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। विभिन्न कारणले समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन । हालै उनले एउटा युट्युब च्यानलमा दिएको अन्तर्वार्ताका कारण उनी भाइरल बनेकी हुन्।

बलात्कारविरूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदी पुरूषको शुक्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउँछिन्। उनले आफू निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायका लागि लडिरहने बताएकी छिन्। नारीको न्यायका लागि लड्दै आएकी सुवेदीले ३५ वर्षमा एक्लै अथवा विवाह नै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने पनि उनले बताएकी छिन्।

उनले  कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन्। अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घटनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिंगल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्