आँधीहुरीसामू गल्दिनँ : क्याप्टेन विजय लामा

Vijaya Lama
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख। नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाले जति नै आँधीहुरी अएपनि नगल्ने बताएका छन्। उनले आफ्नो आदिकारिक फेसबुकमा स्टाटस पोष्ट गर्दै जति नै आँधीहुरी, दुःख पीडा आए पनि नडगमगाउने बताएका हुन्।

‘मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु। देशको माया, मातृभूमीको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु। त्यसैलै जति दुख पीडा आए पनि कहिले डगमगाउनु सिकिन’ पोष्टमा उल्लेख छ।

नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै लामाको लाइसेन्स सस्पेन्ड गरिएको थियो। प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्