काठमाडौं, १७ वैशाख । मंगलबार देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ भने पश्चिमी भेगका एक-दुई स्थानमा सामान्य हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी रातिको समयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षा हुने सम्भावना रहेको छ।



लाेकपाटी न्यूज
