कपाल किन झर्छ ? यी हुन् ९ कारण

kapal
लाेकपाटी न्यूज

काठमाडौं । धेरै मान्छेमा कपाल झर्ने समस्या हुन्छ। कपाल झरेर हैरान भएका गुनासाहरु बढिरहेका पनि छन्।

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुने सम्भावना बढेर जान्छ। यो भनेको समग्र सौन्दर्यकै लागि जटिल कुरा हो ।

कपाल किन र्झछ ? यसको एक मात्र जवाफ छैन । हालैको एक अनुसन्धानले भनेको छ की पुरुषमा आउने यस्ता समस्याको आम कारण अनुवांशिक हुने गर्छ । जबकी महिलामा तनाव या मानसिक चिन्ताको कारण कपाल झर्ने गर्छ । यति मात्र होइन, कपाल झर्नुको थुप्रै कारण छन् । त्यसमध्येका ९ कारण यस्ता छन्ः

हेयर स्टाइल टूल
आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्राइअरको सहायता लिने गर्छन् । यो कपाल सुकाउन र हेयरस्टाइल बनाउनको लागि त राम्रो तरिका हुन सक्छ । तर, कपालको स्वास्थ्यको लागि भने हानीकारक हुन्छ । अनुसन्धानले नै भनेको छ की कपाल बनाउनका लागि हरेक दिन यस्ता सामाग्रीको प्रयोग गर्दा कपाल बिग्रीँदै जान्छ । लगातार आफ्नो कपाललाई सिधा या घुम्रो बनाउने उपचार नै कपाल झर्नेको प्रमूख कारण बन्न सक्छ ।

निद्रामा समस्या
पूरा निद्रा नसुतेको असर आँखामा त देखा पर्छ नै । यसको साथमा टाउकोमा पनि देखिने गर्छ । इन्सोमिया, नार्कोलेप्सी र अन्य निद्रासम्बन्धि समस्याले कपालको स्वास्थ्यमा नराम्रो असर र्पुयाउने गर्छ । कपला लट्टा पर्ने समस्यामा पनि यसले ठूलो भूमिका खेल्छ ।

जंक फुड
बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरीरमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल लट्टा पर्ने प्रमूख मध्येको एउटा कारण हो । त्यस्तै, खानपानमा र शरिरको पोषणको वारेमा राम्रोसँग ख्याल नर्पुयाउँदा बढी मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

हर्मोनको परिवर्तन
महिलामा गर्भावस्था र प्रसवको क्रममा शरीरमा हर्मोनको मात्रामा उतारचढाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडबढीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

तनाव
हिजो आजको व्यस्त दैनिकीमा हाम्रो शरीरबाट बढी मात्रामा उर्जा बाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जाने गर्छ । बढी मानिसमा यस्तो देखिन्छ की बढी तनावकै कारण उनीहरुको कपाल झर्ने गर्छ । यसको कारण कपालमा अन्य समस्या पनि देखिने गर्छ ।

वंशाणुगत कारण
कपाल झर्नुको प्रमूख कारणमध्येको एउटा कारण भनेको वंशाणुगत पनि हो । यस्तो समस्यामा तपाईंले केही गर्न सक्नुहुन्न । यत्ति हो उचित आहारविहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सक्नुहुन्छ । या भनौं कपाल र्झन सहायक भूमिका निर्वाह गर्ने कुराबाट भने आफैं जोगिनुपर्छ ।

रसायनिक उत्पादन
अहिलेको दुनियाँमा स्याम्पू, कन्डिस्नरदेखि कपालमा लगाउने तेलसमेत रसायनयुक्त आउन थालेको छ । यस्ता प्रडक्टले कपाललाई कैयौँ क्षति र्पुयाउने गर्छ । आजभोलिका अधिकांश कस्मेटिक उत्पादनमा हानिकारक रसायनको मिश्रण गरिएका हुन्छन् । जसले कपाललाई कमजोर बनाउनुका साथै कपालसम्बन्धि अन्य गम्भिर समस्या निम्त्याउने गर्छ । त्यसैले, यस्ता प्रडक्टको प्रयोग गर्दा निकै सावधानी अपनाउन जरुरी हुन्छ ।

औषधी
आधुनिकतासँगै जीवनशैलीमा तिव्र गतिमा परिवर्तन आइरहेको छ । यस्तो जीवनशैलीले मानसिक कस्ट बढेर जाने गर्छ । त्यसको लागि हामी औषधी उपचारमा लाग्ने गर्छौँ । र, यसरी प्रयोग गरिने औषधी कपालको स्वास्थ्यमा खराब असर पर्ने गर्छ । कुनै ड्रग्सको प्रयोग र भारी खानाको सिधा सम्बन्ध कपाल झर्ने र लट्टा पर्नेसँग हुन्छ ।

मौसम
घर वा अफिसमा लगाउने कन्डिस्नरले तपाईलाई त पक्कै पनि आराम दिने गर्छ । तर, तपाईंको कपालमा लागि भने यसको जरुरी हुँदैन । यस्तो वातावरणीय प्रभावले कपाललाई निकै कमजोर बनाउने काम गर्छ । किनकी वातावरण परिवर्तनको सबैभन्दा बढी असर कपालमा पर्ने गर्छ । त्यसैले यसरी हुने कृतिम वातावरणीय परिवर्तनबाट कपाललाई जोगाउन जरुरी हुन्छ ।