बाँके, १६ वैशाख। नेपालगञ्जको शारदा कपास उद्योगमा आगलागी भएको छ। नेपालगञ्जको उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको हो ।
आगलागीबाट उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपास जलेर नष्ट भएको उद्योगका संचालकले बताएका छन् । आगलागीको खबर प्राप्त हुनासाथ नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय बासिन्दाको टोलीले आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाङ्गीले बताए।
बिहान १० बजेतिर उद्योगमा कोही नभएको अवस्थामा भित्रबाट धुवाँ निस्केपछि आगो लागेको थाहा भएको हो । शारदा कपास उद्योगमा अघिल्ला वर्षमा पनि आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण बारे अनुसन्धान भइरहेको जनाएको छ ।



लाेकपाटी न्यूज

