विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज

एजेन्सी। इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १०० सय जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १ सय ५० भन्दा बढी घाइते भएका छन्।

निनभ राज्यको उत्तरी क्षेत्रस्थित अल हम्दानिया जिल्लामा मंगलबार राति भएको उक्त घटनामा बेहुला र बेहुलीले समेत ज्यान गुमाएको आशंका गरिएको छ। घटनाको यकिन कारण स्पष्ट नभएपनि आतसबाजी जलाउँदा आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ।