खुलामञ्चमा ठेकेदारकै हैकम

khulamach
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख। टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए।पसलमा राखिने प्लाइवुड, काठका र्‍याक तथा गर्रा पनि छरपस्ट थिए।

यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे। यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे। सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएकै चर्चा थियो।

व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहेका थिए तर पीडित व्यापारी भने कतै देखिएनन्।‘ मलाई पनि १२ लाख रुपैयाँ सलामी र १२ हजार मासिक भाडा तिर्ने गरी सटर लिन ती मान्छेले भनेका थिए,  वषपार्क क्षेत्रमा घडी तथा इलेक्ट्रोनिक्स सामान बेच्दै आएका एक व्यवसायीले भने,‘तर मैले सकिन्। तिरेको भए डुब्ने रहेछ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्