इन्डियन्स समरजङ्गको हतियार हस्तान्तरण

nepalarmy
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । ऐतिहासिक समरजङ् कम्पनीका हातहतियार निसान नेपाली सेनाको शार्दुल जङ्ग गुल्मलाई हस्तान्तरण गरिएको छ।

जात्रा तथा पर्वहरुमा व्यवस्थापनको काम गर्दै आएको यो गुल्मलाई केहि महिना अघि नेपाली सेना मातहत लगिएको थियो। हातहतियार र निसान शार्दुल जङ्गलाई हस्तान्तरण गरिए पनि कम्पनीको नाममा भएका जग्गा जमिन, अन्य भौतिक सम्पत्ति र कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने टुङ्गो लागेको छैन्।

यसले विभिन्न परम्परागत साँस्कृतिक कार्यक्रमहरुमा व्यवस्थापन गर्ने तथा विशिष्ट व्यक्तित्वहरुको भ्रमणको क्रममा राजधानीको सडकमा झण्डा राख्ने तथा उतार्ने काम गर्दै आएको छ। कम्पनीको जनशक्ति भने गृहमन्त्रालय अन्तरगत निजामती सरह छन् तर कम्पनीलाई तोकिएको काम भने अब केही छैन्।

कतिपयले भने ऐतिहासिक कार्यालयको काम सिर्जना गरेर अस्तित्व जोगाउनु पर्ने बताउँछन्। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सुरेशसुरश श्रेष्ठ भन्नुहुन्छ, ‘समरजङ् कम्पनी स्वयं अमूर्त कला हो यस्को यसरी नामो निसानै हराउन दिनुहुन्न्। सवैले संरक्षण गर्नुपर्छ।’

समरजङ्ग कम्पनीको नाममा भोटाहिटीमूल सडकमा कित्ता नं ५५३, ३५४ र ३५५ मा चार आना पाँच पैसा पाँच दाम जग्गा छ भने जमल आकाशेपूल, रानीपोखरी र कानुन पुस्तकालयको डिलमा चार आना एक पैसा चार दाम जग्गा छ ।
समरजङ्ग प्रमुख प्रकाशचन्द्र पन्तका अनुसार भोटाहिटीमा कम्पनीको घर २०७२ को भूकम्पले कमजोर भएपछि अहिले पुनः निर्माण प्राधिकरणले घर बनाई रहेको छ। यो भवनमा कस्को हकभोग रहन्छ भन्ने पनि टुङ्गो छैन्। गोरखा पत्रमा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्