बलात्कारबाट जोगाउने बुलेट प्रुफ पेन्टी

bulet prof penti
लाेकपाटी न्यूज

काठमाडौ, १५ वैशाख । आजभोलि जताततै बलात्कारका घटना बढिरहेका छन् । अहिले आएर महिलाका लागि पहिलो आवश्यता आफ्नो सुरक्षा बनिसकेको छ । तर, छिमेकि भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोग गर्ने नयाँ खालको पेन्टीको आविष्कार गरेको जनाइएको छ ।

भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खबरले अहिले उनी चर्चामा रहेकी छन । पेशाले बीएस्सीकी छात्रा रहेकी उनले आफ्नै समाजमा बलत्कारका घटना बढ्दै गएको खबरले यस्तो खालको पेन्टीको आविष्कार गर्न सफल भएको जानकारी गराइन् ।

उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसिमको रहेको छ । बलत्कारबाट बाँच्नको लागि त्यसमा विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको जनाइएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाट मात्र खुलाउन सकिने छ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लागाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनि रेकर्ड गर्नसक्ने जनाइएको छ । उत्तर प्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकी छन।

उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा जलाउन नसकिने बताइएको छ । पेन्टीमा एउटा विशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधिको प्रयोग गरिएको छ ।

आफ्नो एक महिना लामो प्रयासपछि करिब पाँचलाख भारुको लागतमा यो पेन्टीको आविष्कार गर्न आफू सफल भएको उनले जानकारी गराएकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्