समाजशास्त्री सुजितको ‘शिलान्यास’ सार्वजनिक

shilanyas
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । समाजशास्त्री सुजित मैनालीको नयाँ कृति ‘शिलान्यास’ सार्वजनिक भएको छ । पुस्तकको शनिबार लेखक तथा पत्रकार सुधीर शर्मा, सामाजिक अध्येता गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याईले एकसाथ सार्वजनिक गरेका थिए ।

पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियान, सो समयको जनजातिको संस्कृति र राजनीतिबाट परेको प्रभाव लगायतका बिषय पुस्तकले खोतल्ने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय मामिला विज्ञ लिला न्याइच्याईले लेखक मैनालीले किताबमा अत्यन्त जटिल बिषय समेटेर चुनौतीपूर्ण कार्य गरेको बताइन् ।

सामाजिक अध्येता गौरवले इतिहासलाई छोटो समयमा बुझ्न शिलान्यास किताब लाभदायक हुने बताए । शिलान्यासले इतिहासलाई पढ्न प्रेरित गर्ने लेखक तथा पत्रकार सुधिर शर्माले बताए । उनले करिब २५० वर्षको इतिहास ‘शिलान्यास’बाट नियाल्न बुझ्न सकिने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्