काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु भत्काउने भएको छ। चौतर्फी विरोध र दबाब थेग्न नसकेपछि महानगरपालिका खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काउने निष्कर्षमा पुगेको छ ।
महानगरपालिकाले ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काउन लागेका हो । सटर भत्काउनका लागि महानगरपालिकाले डोजर फिल्डमा खटाएको बताइएको छ ।
ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचना पनि विस्तारको तयारी थालेका थिए ।



लाेकपाटी न्यूज

