राष्ट्रपति भण्डारीले गरिन् बीआरआई सम्मेलनमा सम्बोधन

bidhyadevi bhandari
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन्।

चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई) लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन्।

नेपाल र चीनबीच सीधा रेल वे सेवा विस्तार र अन्य बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले दुई देशलाई मात्रै नभए यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई बढावा दिने उनको भनाइ थियो। राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत मानव जातिको साँझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दूरदृष्टिले विशाल सम्भावना बोकेको बताइन्।

यसलाई सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षणको रुपमा लिनुपर्ने उनको भनाइ थियो। राष्ट्रपतिले विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्