गोरखा दरबारको पुनःनिर्माणमा तीव्रता दिन सभामुखको आग्रह

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज

गोरखा, १३ वैशाख। सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन्।

भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार गोरखा पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरे। “

दरबारको पुनःनिर्माणको काम सुस्त गतिमा भइरहेको देखियो”, उनलेभने, “पुनःनिर्माणमा ढिलाइ हँुदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ।”
उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कत्ति पनि नबिग्रने गरी गर्नुपर्नेमा जोड दिए। “

दरबारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा तीनवटै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकाय सबैको चिन्ता र चासो हुनु आवश्यक छ”, सभामुख महराले भने, “गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्यौँ भने गोरखाको आर्थिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ।”

सभामुख महराले शुक्रबार नै गोरखा जिल्लाको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार सङ्ग्रहालयको समेत अवलोकन गरे। गोरखा दरबारभित्र रहेका विभिन्न ऐतिहासिक कक्ष, नेपाल एकीकरणमा प्रयोग गरिएका हातहतियार, परम्परागत सामग्री तथा विभिन्न जातजाति र समुदायको पहिचान एवं कला संस्कृति झल्काउने खालका डमीको समेत उनले अवलोकन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्