हार्दिक पट्टेलले माफी माग्नुपर्छ

patel
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख। केही दिन अगाडीमात्र कांग्रेसका युवा नेता हार्दिक पटेलले नेपालीहरुलाई चौकिदार भनेपछि उनको चर्को आलोचना भईरहेको छ।

उनले मंगलबार गुजरातको भिरामगाममा भोट हालिसकेपछि मिडियासंग कुराकानी गर्दे चौकीदार चाहिए नेपालबाट ल्याउने बताएका थिए। उनले भनेका थिए “चौकीदार खोज्न परे म नेपाल जानेछु। मलाई देशमा प्रधानमन्त्री चाहिएको हो।

जसले देशको अर्थव्यवस्था , शिक्षा र यस देशका युवाहरुलाई मजबुत बनाउँन सकोस। मलाई चौकीदार होईन प्रधानमन्त्री चाहिएको हो “। हार्दिकले नेपालीहरुलाई चौकिदार भनेपछि नेपालमा मात्र होईन भारतमा समेत उनको चर्को आलोचना भईरहेको छ।

भारतमा सामाजिक सञ्जालमार्फत पनि हार्दिकको धेरै आलोचना भईरहेको छ। भारतमै बस्ने नेपालीहरु र केही भारतीयहरुले समेत हार्दिकले नेपालीहरुको मन दुखाएको भन्दै माफी माग्न भनिरहेका छन्।

भारतमा बस्ने नेपालीले उनको विरोध गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन्। उनीहरुले हार्दिकको अभिव्यक्तिले नेपाल र नेपालीहरुको मान र प्रतिष्ठानमा ठेस पुर्‍याएको भन्दै माफी माग्न भनिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्