राष्ट्रपतिको विरोध गर्नेहरु मृत राजतन्त्रका गुलामी हुन् : प्रधानमन्त्री ओली

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं,  १२ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउन चाहानेहरुको आलोचना गरेका छन्।नेपाल टेलिभिजनबाट प्रशारण हुने “जनतासंग प्रधानमन्त्री” कार्यक्रममा बोल्दै उनले यस्तो आलोचना गरेका हुन्।

उनले लोकतन्त्रवादी भन्नेहरु नै राजतन्त्रको पक्षमा वकालत गरिरहेको आरोप लगाए। लोकतन्त्रवादीले जन्मिदै कोही शासक र कोही दास हुनु पर्छ भनेर कहिल्यै नसोच्ने बताउँदै जन्मसिद्ध श्रेष्ठता पशु र जीवहरुमा हुने तर मान्छे मान्छेका बीचमा जन्मदै कोही ठूलो शासक र रैती हुँदैन उनले भने।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने “आम सर्वसाधारण जनताले बुझेर परिवर्तन ल्याईसके।  कुनै पनि सर्वसाधारण , गरिब , मजदुर , किसान गरिखाने श्रृमजिवीले राजतन्त्र मागिरहेका छैनन्। राजतन्त्र माग्नेहरु संभ्रान्तहरु छन्। राजतन्त्र चाहिन्छ भन्नेहरु त पढाईलेखाईको दम्भ देखाउनेहरु छन्”।

उनीहरुले सर्वसाधारणहरुले जतिको पनि नबुझेको बताउँदै राष्ट्रपति जस्ता संस्थाको बिरुद्धमा ठुटामा बसेर काग कराएजस्ता व्यवसाय नै बनाएर हात धोएर पछि लागेको उनको भनाई छ। राष्ट्रपति संस्थाको बिरोध गर्नेहरु मृत राजतन्त्रका गुलामीहरु भएको उनले आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्