यही वर्ष पुननिर्माणका कामलाई पूर्णता दिन्छौं : प्रधानमन्त्री

Kp oli
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको एक वर्षभित्र बाँकी रहेको पुननिर्माणका कामलाई पूर्णता दिने बताएका छन्। गोरखा भुकम्पको चार वर्ष पुगेका दिन उनले बाँकी रहेका पुननिर्माणका कामलाई एक वर्षमा सक्ने गरी काम गर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै युद्धस्तरमा अघि बढाएको पुननिर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने उल्लेख गरेका हुन्। उनले चार वर्षअघि गोरखाको बारपाकमा गएको विनाशकारी भूकम्पले देशको भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको समेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्, ‘चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ। सयौं वर्ष अघिदेखिका संरचना एकै छिनमा ढल्छन् र तिनीहरुको पुननिर्माण गर्न वर्षौँ लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुननिर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्