पहिलो अन्तरीक्ष यात्रीको शालिक रत्नपार्कमा अनावरण

salik pic
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख। काठमाडौं महानगरपालिकाले रत्नपार्कमा पहिलो अन्तरीक्ष यात्रीको शालिक अनावरण गरिएको छ। युरी गागरिनको अन्तरीक्ष यात्राको कुममाथिको भाग अनावरण गरिएको हो।

महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको छ। काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरीक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्।

बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे।

साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ। सो संरचना तयार पार्न करीब रु ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ।

पहिलो अन्तरीक्ष  यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरीक्षको यात्रा गरेका थिए।
त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे। सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्