एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

kp_oli_balkot
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनी यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो।

कम्बोडिया अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए। साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका एमाले सचिवालयले जानकारी दिएको छ। साथै उनले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्