चाणक्य नीति : के हुन् मानिस दुखी हुने सात काम ?

Chanakya
लाेकपाटी न्यूज

काठमाडौं। चाणक्य नीतिमा सधैं दुख र समस्या हुने ७ कुराको वर्णन गरिएको छ। यसमा पैसा, भोगविलास, स्त्री, राजा, काल, मगन्ते र दुष्ट मानिसहरुको बारेमा आचार्य चाणक्यले बताएका छन्।

चाणक्यका अनुसार स्त्री, राजा, माग्ने र दुष्ट मानिसहरुसँग जोगिएर रहनुपर्छ। यिनीहरुलाई सोच विचार गरेर व्यवहार गर्नुपर्छ। यसबाहेक भोगविलास र पैसाको मामिलामा आफैलाई नियन्त्रणमा राख्नुपर्छ, जसबाट आफ्नो बुद्धि भ्रष्ट नबनोस्। यी सबै मामिलामा सावधानी रहे मृत्युको भय कम हुनेछ।

चाणक्य नीतिको १६ औँ अध्यायको चौंथो श्लोक

कोऽर्थान्प्राप्य न गर्वितो विषयिणः कस्यापदोऽस्तं गताः
स्त्रीभिः कस्य न खण्डितं भुवि मनः को नाम राजप्रियः ।
कः कालस्य न गोचरत्वमगमत् कोऽर्थी गतो गौरवं
को वा दुर्जनदुर्गमेषु पतितः क्षेमेण यातः पथि ।।

चाणक्य नीतिमा भनिएको छ, ‘पैसा भएपछि घमण्ड आउँछ, यस्तो कोही मानिस छैन, पैसा पाएर जसको बुद्धि नबदलियोस्। वासनामा फसेका कुनै पनि व्यक्तिको दुख अन्त्य हुँदैन। जो मानिस भोग र विलासमा डुबिरहन्छ। उ आफूमाथि नियन्त्रण गर्न सक्दैन र शारीरिक रुपमा दुखी नै रहन्छ।

एक असल र समझदार राजा जो न्यायप्रिय हुन्छ। उसको कृपा कहिल्यै कुनै मानिसप्रति हुदैन। यस्तो राजाले सबैलाई समान भावले हेर्छ र समय आएपछि दण्ड पनि दिन्छ। यसैले राजाको प्रिय कोही हुँदैन।

हरेक मानिसको मृत्यु निश्चित छ यसैले चाणक्य भन्छन्, ‘कालको नजरमा कोही जोगिन सक्दैन। वस्तु तथा पैसा माग्ने जुन मानिसको बानी छ, यस्ता मानिसहरुले कहिल्यै पनि सम्मान पाउँदैनन्।

यसका साथै जो मानिस एकपटक दुष्ट वा गलत मानिसहरुको संगतमा पर्छ। उ पुन असल मानिस बन्न सक्दैन। यदि बने पनि जीवनमा कहीँ न कहीँ गलत काम अवश्य गर्छ। खराब बानी कहिल्यै जाँदैन।