नन्दबहादुर पुन कार्यबाहक राष्ट्रपति

Nanda-Bahadur-Pun pasang
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख । नन्दबहादुर पुन कार्यबाहक राष्ट्रपति बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेर चीन भ्रमणमा निस्किएपछ पुन कार्यबाहक राष्ट्रपति भएका हुन्।

संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी ९ दिने चीन भ्रमणमा निस्किएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई सुम्पिइएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्