बस दुर्घटनामा परी ७ जनाले ज्यान गुमाए

bus accident 01
लाेकपाटी न्यूज

डडेल्धुरा, ११ वैशाख। डडेल्धुरामा बुधबार बिहानै बस दुर्घटना भएको छ। दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

बिहान साँढे ५ बजे धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको छ।क्षमता भन्दा बढी यात्रु भएकाले दुर्घटना भएको बताइएको छ।

बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्