हराएको गाउँमा सांसद गहतराज

58373259_420551981843014_9056570968960401408_n
लाेकपाटी न्यूज

काठमाडौं। संघीय संसदका सांसद महेश्वर गहतराज ‘अथक’ बाँकेको अति विकट राप्तीसोनारी गाउँपालिका पुगेका छन्। स्थानीयका समस्या बुझ्न र सुझाव लिन सांसद गहतराज उक्त क्षेत्रमा पुगेका हुन्।

बाँके क्षेत्र नं.–१ बाट निर्वाचित सांसद गहतराज नेकपाका केन्द्रीय सदस्य पनि हुन्। आफ्ना मतदाताका समस्या बुझ्न उनी बाँकेको सबैभन्दा दुर्गम गाउँ गुर्दनगौरीमा पुगेका हुन्। उक्त गाउँलाई बेवारिसे गाउँ वा हराएको नामले पनि चिनिन्छ।

उक्त क्षेत्रमा पुगेर सांसद गहतराजले स्थानीयका माग र भोग्नुपरेका समस्याबारे चासो राखेका छन्। सरकारले बजेटको तयारी गरिरहेका बेला सांसद गहतराज आफ्ना मतदाताको भावना बुझ्न र बजेटमा समेट्न सकिने विषयहरुबारे अध्ययन गर्न गुर्दनगौरी पुगेका हुन्।

अन्तरक्रियामा स्थानीयले आफ्ना समस्या गहतराजसँग राखेका छन्। उनीहरुले आफ्ना समस्या बुझ्न गाउँ आएकोमा सांसद गहतराजको स्वागत गरेका थिए। स्थानीयले गाउँमा मोटरबाटो, बिजुली, खानेपानी, शिक्षा र रोजगारीको समस्या रहेको गहतराजसँग गुनासो गरेका थिए।

बैजनाथबाट ३ घण्टाको दुरीमा पुगिने उक्त क्षेत्रका बासिन्दा अहिले पनि खोलाको पानी खान बाध्य छन्। त्यस क्षेत्रका अधिकांश पुरुषहरु वैदेशिक रोजगारीका लागि भारत वा खाडी मुलूकहरुमा जाने गरेको र महिलाहरुले बाबियाको डोरी र बाख्रापालनबाट घर धान्दै आएको गहतराजका स्वकीय सचिव दीलिप सोनीले बताए।

सांसद गहतराजले गुर्दनगौरीमा मोटरबाटो लैजाने बिकल्पका बारेमा स्थानीयसँग राय लिएका थिए। सो अवसरमा सूर्योदय प्रा.वि.की प्राध्यानाध्यापक आकृति घर्तीले नदी कटानका कारण विद्यार्थी र विद्यालय असुरक्षित रहेको भन्दै तटबन्धका लागि पहल गर्न सांसदसँग आग्रह गरिन्।

सो अवसरमा नेकपाका प्रदेश सदस्य नरेन्द्र न्यौपाने, नेकपाका राप्तीसोनारी गाउँपालिका अध्यक्ष चीमबहादुर घर्ती, पूर्व साँसद पट्टु थारु, नेकापाका जिल्ला नेता बलराम भट्टराई लगायतले स्थानीयसँग अन्तरक्रिया गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्