प्रजिअ भण्डारीकाे पहिलाे एक्सन : रसुवाबाट सात किलाे सुन बरामद

लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख । रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा ७ किलो सुन फेला परेको हो ।

ना ६ ख ९०६८ नम्बरको ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला पारेको जनाइएकाे छ। प्रहरी स्रोतका अनुसार सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले पक्राउ परेका छन् ।

टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय अर्जुन भण्डारी रसुवाको सीडीओ र सन्तोष तामाङ प्रहरी प्रमूख भएर गएपछि सीमा क्षेत्रमा शंका लागेको सवारी साधनमाथि चेकजाँचमा कडाई गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्