काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थमा प्रयोग गरिने गुलियोले क्यान्सर हुनसक्ने चेतावनी दिएको छ।
कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाउने डब्ल्युएचओले जनाएको हो। एस्पार्टम कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा च्युइङ्गम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ।
गत वर्ष फ्रान्समा एस्पार्टमबारे भएको एउटा अनुसन्धानले त्यसको प्रयोगले क्यान्सरको खतरा उच्च बनाउने देखाएको थियो। आर्टिफिसियल स्विटनर सेवन गर्ने १ लाख मानिसमा उक्त अध्ययन गरिएको थियो। त्यसबाट कृत्रिम मिठास भएका पेय तथा खाद्य पदार्थको अधिक सेवन गर्नेलाई क्यान्सरको उच्च जोखिम रहने ठहर गरिएको थियो।
ब्ल्यूएचओको एजेन्सी फर रिसर्च अन क्यान्सरले आगामी १४ जुलाइमा आधिकारिकक रुपमा उक्त घोषणा गर्ने जनाइएको छ। डब्लुएचओको यो निष्कर्षले बहुराष्ट्रिय कम्पनीहरुमा हलचल पैदा भएको छ।



लोकपाटी न्यूज

