नयाँ दिल्ली, १० वैशाख । भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन आज मंगलबार जारी छ । गुजरातको भिरामगाममा भोट हालेसँगै पटेलले आफुले देशमा शशक्त प्रधानमन्त्री चाहेको बताएका छन् । उनले भने,‘ चौकिदार चाहिए हामी नेपालबाट खोजेर ल्याउन सक्छौं । हामीलाई प्रधानमन्त्री चाहिन्छ, जसले अर्थ व्यवस्था, शिक्षा तथा युवा जवानलाई मजबुत बनाउन सकोस् ।’
हार्दिक पटेलले केहि दिन अघि भाषण गर्ने क्रममा भाजपाका एक नेताको हातबाट थप्पडसमेत खाएका थिए । उनलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।



लाेकपाटी न्यूज

