आमाको आशिर्वाद लिएर मोदीले हाले भोट

modilai aasirbad
लाेकपाटी न्यूज

भारत, १० वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका छन्। भारतमा मंगलबारदेखि सुरू लोकसभा निर्वाचन अन्तरगत तेस्रो चरणको चुनावमा उनले अहमदावादको एक मतदान केन्द्रमा भोट हालेका हुन्।

गान्धी नगर पुगेर आफ्नी आमा हीराबेनसँग आशीर्वाद लिएपछि उनले भोट हालेका हुन्। भोट हालेपछि प्रधानमन्त्री मोदीले आतंकवादको अस्त्र आइइडी भए पनि लोकतन्त्रको अस्त्र मतदाता परिचयपत्र भएको बताए।

आतंकवादको अस्त्र आइइडी भए पनि लोकतन्त्रको अस्त्र मतदाता परिचयपत्र हो। यो अस्त्र आइइडी भन्दा धेरै गुणा शक्तिशाली हुन्छ भन्ने मलाई विश्वास छ। त्यसैले हामीले मतदाता परिचयपत्रको महत्व बुझेर धेरै भन्दा धेरै भोट खसालौं, प्रधानमन्त्री मोदीले भने।

१३ राज्य र २ केन्द्र शासित प्रदेशका १ सय १७ सीटका लागि तेस्रो चरणको चुनाव हुँदैछ। ती सिटमा १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसमा ३ सय १४ जना राष्ट्रिय दलबाट चुनाव उठेका छन्। ७६ क्षेत्रीय दलबाट, ४ सय९२ जना मान्यता नपाएका दल र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार छन्।