काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारले छोड्दैमा मेलम्ची नरोकीने बताएका छन् । नेकपाको ७० औं स्थापना दिवसका अवसरमा बोल्दै ओलीले मेलम्चीको पानी ल्याएरै छाड्ने दावी गरेका हुन् ।
उनले ठेकेदार कम्पनी भाग्दा केही ढिला भएको भएपनि मेलम्चीको पानी ल्याएरै छाड्ने दाबी गरेका हुन् । आफ्नो पार्टीको नेतृत्वको सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै केही दिनपछि चमत्कार गरेर देखाउने समेत उनले बताए ।
उनले ज्यातिषिहरुले गरेका भविश्यवाणी गलत भएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।‘कहिले पार्टी फुट्छ भन्ने, कहिले यो महिना टुक्रिन्छ भन्नेले दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन् ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले सरकारको उद्देश्य अरु केही नभएर शान्तिसुरक्षा प्रदान गर्ने, विकास निर्माण अघि बढाउने र लोकतन्त्रलाई मजवुत बनाउने भएको बताए ।
प्रदेश र स्थानीय सरकारलाई समेत साथै लिएर अघि बढ्ने भन्दै सबै जनप्रतिनिधि संस्था, प्रशासनिक निकाय विकासका लागि प्रयोग गर्ने बताए ।



लाेकपाटी न्यूज

