सरकारसँग वार्ता गर्न राप्रपाद्धारा तीन सदस्यीय समिति गठन

Ra
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकारसमक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र पठाउँदै वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए।

सरकारी पत्रका बारेमा सोमबार बिहान छलफल गर्न बसेको पार्टीको बैठकले वार्ता समिति गठन गरेको सहमहामन्त्री राजाराम बर्तौलाले जनाए।

राप्रपाले सोमबार सरकारसँग वार्ता गर्न पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेको ती सदस्यीय वार्ता समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्