एकता सभाबाट माधव नेपाल बाहिरिए

Madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि नेता नेपाल कार्यक्रमस्थलबाट बाहिरिएका हुन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् । कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए ।

सो लगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

अहिले मन्चमा केपी ओली र प्रचण्डसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलमात्रै रहेका छन् ।