एजेन्सी । श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू जारी गरेको छ ।
श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ ।
पुलिसका अनुसार विलासी होटल र चर्चलाई निशानामा राखी अहिलेसम्म आठ बम बिस्फोट भएको छ, जसमा मृत्यु हुनेको संख्या २९० पुगेको छ भने ५०० घाइते छन् । मृतकमा ३६ विदेशी नागरिक पनि समावेश छन् । कोलम्बो, नेगोम्बो र बट्टिकलोआमा तीन चर्चमा ईस्टकमो प्रार्थनाको क्रममा बिस्फोट गरिएको थियो । कोलोम्बोमा चार होटल र एक चिडियाखाना नजिकै बिस्फोट भयो ।
श्रीलंकन सरकारले भने सो आत्मघाती हमला विदेशमा रचिएको षड्यन्त्र भएको दावी गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेका अनुसार यस मामलामा संलग्न भएको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ । पक्राउ सबै श्रीलङ्काका नागरिक हुन् । उनीहरुको कुनै अन्तरराष्ट्रिय संगठनसँग सम्पर्कको पनि अनुसन्धान गरिँदै छ । अहिलेसम्म कुनै पनि संगठनले बिस्फोटको जिम्मेवारी लिएको छैन ।
प्रधानमन्त्रीले सम्भावित हमलाबारे पुलिसलाई पहिले नै जानकारी भएको प्रतित हुने बताउँदै क्याबिनेटलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् । हमलापछि श्रीलङ्कामा कफ्र्यू लगाइएको छ र सोसल मिडियालाई पनि प्रतिबन्ध लगाइएको छ ।
श्रीलङ्काका रक्षामन्त्री आर विजयवर्धनले भने, ‘यो आत्मघाती हमला हो । गुप्तचर एजेन्सीले हमलाबारे सूचित गरेका थिए तर उनीहरुलाई घटना अघि रोक्न सकिएन । हमलाको षड्यन्त्र विदेशमा रचिएको हो ।’



लाेकपाटी न्यूज

