‘तातोपानी नाका खुल्ने निश्चित भएको छ’ : अग्नि सापकोटा

Agni sapkota
लाेकपाटी न्यूज

काठमाडौं, ८ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए । राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको नेता सापकोटाको भनाइ छ ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिबद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्