पोखरा, ८ वैशाख । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसमा नेतृत्व गर्ने क्षमता भएको व्यक्तिको अभाव रहेको बताएकी छिन् ।
प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेतृत्व क्षमता राम्रो नभएका कारण पार्टी कमजोर भएको बताएकी छिन् । पुरानो मानसिकताबाट माथि उठ्न आवश्यक रहेको बताउँदै उनले पुरानो मानसिकता भएका नेताले युवा पुस्तालाई समेटेर अगाडि बढ्न नसक्ने दावी गरिन् । पार्टी कमजोर हुनुमा व्यक्ति दोषी रहेको उनको भनाइ छ।
उनले सरकारसमेत सहमति, सहकार्यको बाटोबाट टाढिँदै गएको आरोपसमेत लगाइन् । सहकार्यकै अभावमा सरकारले विकास निर्माणका काममा प्रगति गर्न नसकेको उनको भनाइ थियो ।



लाेकपाटी न्यूज

