विराटनगर, ८ वैशाख। एक युवा प्रेम विवाह गर्दा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्। सप्तरी राजविराज नगरपालिका १४ गोर्खाली टोल घर भई विराटनगर १४ बस्दै आएका ३० वर्षका दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन्।
१४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउने युवक किशोरीसँग विवाह गरी भागेका थिए। किशोरी १४ वर्षको भएकाले पीडित परिवारको उजुरीका आधारमा राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
गत फागुन ५ गते विराटनगर महानगरपालिका १३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो। दुई महिना खोजी गरेको प्रहरीले किशोरी र युवकलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
बजार जान्छु भनी हराएकी किशोरीलाई दीपकले प्रेम विवाह गरी काठमाडौं र्पूयाएका थिए। महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको समन्वयमा काठमाडौं महानगरपालिका ९ स्थित तिलगंगा एरियामाबाट पक्राउ गरी वैशाख ५ गते विराटनगर ल्याएको थियो।
प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो। कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई बर्जित गरेको छ, त्यस्तै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै यौन सम्पर्क गरेमा पनि कसूर मानिन्छ।



लाेकपाटी न्यूज
