मुस्लीम कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपियो

jailar
लाेकपाटी न्यूज

एजेन्सी । भारतको जेलमा रहेका एक मुसलमान कैदीको शरीरमा जबर्जस्ती हिन्दु धर्मको प्रतिक ‘ऊँ’ खोपिएको छ।

इन्डियन एक्सप्रेसका अनुसार दिल्लीस्थित तिहाड जेलमा जेलका निरीक्षकले ती कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपेका हो । नब्बीर नामक कैदीमाथि तातो धातुले पोलिएको जनाइएको छ । उनलाई पेटभर खाना समेत नदिएको जनाइएको छ।

उनलाई मुसलमान धर्म परिवर्तन गरेर हिन्दु हुनका लागि धम्की दिइएको जनाइएको छ। नब्बीर सन् २०१६ देखि तिहाडको जेलमा कैदी जीवन विताइरहेका छन्।