काठमाडौं, ०७ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो दाबी गरेका हन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कम्युनिष्ट सरकार अरुका कारण नभई आफ्नै कारण धेरै दिन नटिक्ने अवस्थामा पुगेको जिकिर गरेका छन् । जनताले तिरेको कर कार्यकर्ताको पालन पोषणमा खर्चिएको भन्दै उनले भ्रष्टाचार, अनियमिततामा सरकारले सिमा नाघेको उल्लेख गरे ।



लाेकपाटी न्यूज

