रौतहट, ६ वैशाख। पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभू साहले कांग्रेसीलाई घाँसजस्तै उखेली फाल्न जनतासँग आग्रह गरेका छन्।
रौतहट क्षेत्र नं. ३ का सांसद समेत रहेका साहले गुजरामाइ नगरपालिकाको लक्ष्मीपुरमा बिहीबार निशूल्क ग्यास चुल्हो बितरण गर्दै सो कुरा बताएका हुन्। धानफल्ने बेलामा खेतमा बढिरहेको घाँसलाई किसानले जसरी खेतबाट उखेलेर फाल्छन्, त्यसैगरि समाजबाट कांग्रेसीहरुलाई टिपेर नफाले समाजमा विकास नहुने बताए।
देशमा भइरहेको विकास निर्माणमा मूख्य बाधककारी भूमिकामा देखिएका कांग्रेसीहरु समाजका दुश्मनसरह रहेको साहले आरोप लगाए। कांग्रेसले जनतालाई जागरुक, समृद्ध हुन नदिन विकासको बिरोधी बनेर सदैव जनतासँग चाकडी गराउने मनसाय पालिराखेको उनले दावी गरे।



लाेकपाटी न्यूज

