झुक्किएर भाजपालाई भाेट गएपछि पवनकुमारले आफ्नै औंला काटे

लाेकपाटी न्यूज

एजेन्सी । भारतमा एक मतदाताले गल्तीले भाजपालाई भोट हालेको भन्दै आफ्नो औला काटेका छन् । उनले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका हुन्। भारतमा भोट हाल्नुभन्दा पहिला मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ।

पवनकुमार आफूले बहुजन समाज पार्टीको चिन्ह हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिन्ह भएकाले झुक्किएर भाजपाको कमल चिन्हमा भोट गएको बताएका छन्। उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाज पार्टीको उक्त राज्यमा बलियो प्रभाव छ। विशेष गरी समुदायमा मायावतीले पकड बनाएकी छन्।

यसपालिको चुनावमा मायावती र अर्का पूर्वमुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीबीच सत्तारूढ भाजपाविरूद्ध गठबन्धन बनेको छ।