काठमाडौं, ६ बैशाख। अभिनेता आर्यन सिग्देल बुवा बनेको छन्।आर्यनकी श्रीमति सपना भण्डारीले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्।
शुक्रबार राजधानीको चिरायु अस्पतालमा दिउँसो १२ बजे सपनाले छोरालाई जन्म दिएकि हुन्। चिरायु नेश्नल अस्पतालमा सपनाले २.९ केजी तौलको छोरा जन्माएकी हुन्। डाक्टर विनिता बस्नेतको टिमले उनको सिजेरियन डेलिभरी गराएको हो।
आर्यन र सपनाले ५ बर्ष अघि बिहे गरेका थिए। उनिहरुको आजैका दिन बिबाह भएको थियो। आर्यन हाल सिनेमा चच हुइमा ब्यस्त रहेका छन्।



लाेकपाटी न्यूज

