मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दबाब र तनाव बढेको महसुस हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। सन्तानपक्षको मायामा कमी आउला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। स्वास्थ्य सबल रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चिताएको कामले तीव्रता लिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। सभा समारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन हुनसक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउन सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त संग मनमुटाव बढ्ला। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन्। पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।



लाेकपाटी न्यूज
