५ बैशाख।अबदेखि सामूदायिक विद्यालयमा मोबाइल फोन प्रयोग गर्न नपाइने भएको छ। सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले यस्तो निणर्य गरेको हो।
गाउँपालिकाका अध्यक्ष असीम राईको अध्यक्षतामा बसेको सामाजिक विकास समिति शिक्षा शाखाको बैठकले विद्यालय समयमा शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोगमा रोक लगाउने निर्णय गरेको हो।
विद्यालयमा सूचना आदनप्रदानका लागि एउटा आधिकारिक फोन नम्बर उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ।विद्यालय समयमा मोबाइल फोन प्रयोग गर्दा पठनपाठन प्रभावित हुने भएकाले प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको गाउँपालिका अध्यक्ष राईले बताए। ‘ मोबाइल प्रयोग गर्ने भएपछि विद्यार्थीको ध्यान पढाइमा केन्द्रित नहुने र शिक्षकलाई समेत पढाउन गाह्रो भएकाले यस्तो निर्णय गरेका हौँ,’ अध्यक्ष राईले भने, ‘खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्नु हाम्रो दायित्व हो।’
गाउँपाकिलाले गत शैक्षिक सत्रबाट प्रत्येक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिसकेको छ। सूचना र प्रविधिको उच्चतम प्रयोग गर्ने गाउँपालिकालको नीति रहेको बताइएको छ।



लाेकपाटी न्यूज

