काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षर नभइ साक्षर बनाउनु पर्ने बताएका छन् ।
बुधबार विद्यालय भर्ना अभियानका क्रममा उनले बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँग अन्तक्र्रिया गर्दै नेपालबाट निरक्षरता हटाउनु पर्ने बताएका हुन् ।‘नेपाललाई निरक्षरको होइन, विद्वानको देशको रुपमा पहिचान बनाउनुपर्छ’ ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’
उनले हामीले हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग गर्नुपर्ने बताएका छन् । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रहे पनि अब यो अवस्था रहिरहन नसक्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए। ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ, त्यसपछि मात्र उनीहरुले छोराछोरी पढ्न पठाउछन्’, उनले भने।
प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीले सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे। अहिले आन्दोलनको स्वरुप फेरिएको र अब राजनीतिक संघर्ष गर्ने दिन समाप्त भएको उनको भनाइ थियो।



लाेकपाटी न्यूज

